-अमेरिकाबाट २ लाख बढी सहयोग
दमक,२५ माघ । सडक दुर्घटनामा परेर सख्त घाईते भएका दमक -७ का १८ बर्षिय एक किशोरको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।दमक- ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलका पूर्व बिद्यार्थी रिवाज पौडेलको मोटरसाईकल दुर्घटनाका कारण टाउकोमा चोट लागेर हाल बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको र थप उपचार गर्न आफूहरुसंग रकम नभएकाले पीडित परिवारले सबैसंग सहयोगको याचना गरेका हुन् ।
रिवाजका बुबा शेखर पौडेलले छोराको उपचारमा हालसम्म रु ११ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको र अहिले पनि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको हुदाँ आफूसंग थप उपचार गर्न अभाव भएकाले छोराको जीवन बचाउन सहयोगका लागि आग्रह गरेका हुन् ।
उनले आफूसंग भएको भएको जायजेथाबाट जुटाएको पैसा अस्पतालमा बुझाइसकेको र थप रकम आवश्यक भएकाले सामाजिक सञ्जालमार्फत छोराको जीवन बचाई दिन अपिल गरेका छन् । रिवाजको शुक्रवारनै शल्यक्रिया भई हाल सघन उपचार कक्षमा उपचारत छन् ।
आर्थिक अवस्था कमजोर भएका रिवाजको उपचारका लागि मेची बोर्डिङ स्कूलका शिक्षक, कर्मचारीहरुबाट रु ९० हजार रुपैयाँसहित बोर्डिङ स्कूलमा कार्यरत शिक्षक, बिद्यार्थीहरु र अन्य सहयोगी दाताहरुबाट समेत गरि करिब रु ३ लाख ५० हजार रुपैयाँ अस्पतालमा बुझाइसकिएको प्रिन्सीपल श्रवण पोख्र्रेलले बताए ।
अमेरिकाबाट २ लाख बढी सहयोग
रिवाजको उपचारमा सघाँउ पुरयाँउन अमेरिकामा बस्दैआएका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सुदिपराज पन्तको अगुवाईमा रु २ लाख बढी सहयोग प्राप्त भएको छ । अमेरिकामा बस्दै आएका २८ जना दमकेलीहरुबाट स्वेच्छिक रुपमा संकलित रु २ लाख ११ हजार ४ सय ३६ रुपैया विरामीका बुबाको बैक खातामा सहयोग रकम पठाईएको पन्तले बताएका छन् ।
…