जे निर्णय हुन्छ, हलबाटै हुन्छ : गगन थापा

झापा,२९ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमतिका लागि भएका जुनसुकै निर्णय पनि विशेष महाधिवेशनको हलबाटै हुनुपर्ने बताएका छन् ।भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो विशेष महाधिवेशन हो । यो हलबाट निर्णय गरेर ठिक छ भनेर भन्दा मात्रै दुईवटा महामन्त्रीले मान्नुपर्छ,’ थापाले भने, ‘यतिका साथीहरू आएर बस्नुभएको छ । उहाँहरूले ल यो निर्णय ठिक छ भनेपछि त्यो नै निर्णय हुन्छ ।’ उनले पार्टीमा आफ्ना सुरक्षाका लागि मात्रै यसअघि गुट बन्ने गरेकोमा चिन्ता व्यक्त गरे ।

‘यहाँभित्र ६० को गुट पनि होइन, ४० को पनि होइन । हामीकहाँ बनेका गुटहरू हेर्नुस् त, हामीले फगत आफ्ना सुरक्षाका निम्ति गुटहरू बनायो,’ थापाको टिप्पणी छ ।

विशेष महाधिवेशनको जोखिम उठाउने क्रममा कुनै लाभ आफूहरूले लिन नखोजेको उनको भनाइको आशय थियो ।

 

Leave a Reply

Your email address will not be published.