दमक,२ असार । दमकका ४९सहित आज बुधबार झापामा कोरोनाको २१२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ५१ महिलासहित २१२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा बाह्रदशीका ७९ वर्षीय पुरुष, भद्रपुर–८ का ८४ वर्षीया महिला, मेचीनगर–१० का ३९ वर्षीया महिला, मेचीनगर– का ६० वर्षीय पुरुष र हल्दिबारी–२ का ३० वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।
दमकमा २० महिलासहित ४९ जना, बिर्तामोडमा ११ महिलासहित २० जना, मेचीनगरमा २ महिलासहित १० जना, भद्रपुरमा ७ महिलासहित १६ जना, कनकाईमा ३ महिलासहित ६ जना, हल्दिबारीमा २ जना महिला, अर्जुनधारामा १ महिलासहित २ जना, बुद्वशान्तिमा १ जना पुरुष, कचनकवलम १ जना पुरुष, कमलमा १ जना महिला, शिवसताक्षीमा १ महिलासहित ४ जना, बाह्रदशीमा ३ महिलासहित ४ जना र झापामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
योसँगै झापामा संक्रमितको संख्या १२६३०, डिस्चार्ज ९९६२, आइसोलेसनमा २३७३ जना, कुल संक्रमित एन्टिजेन १६२९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३११ जना र आज निको भएर घर फर्किएका १५९ जना रहेको उनले जानकारी दिए ।