मंगलवारेमा ‘नोभा फिटनेस एण्ड जुम्बा सेन्टर’ सञ्चालनमा

दमक, । जिल्लाको कमल गाउँपालिका- ५ मंगलवारे वजारमा शनिवारदेखि अत्याधुनिक सेवा सुविधा सहितको ‘नोभा फिटनेस एण्ड जुम्बा सेन्टर’ सञ्चालनमा आएको छ ।
स्थानीय दुई दर्जन बढी युवा व्यवसायीहरुको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याइएको सो जिम सेन्टरको पालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे । स्थानीय युवा,युवतीहरुलाई गाउँघरमै अत्याधुनिक सेवा पुरयाँउन उद्देश्यले पालिकामै पहिलोपटक यस किसिमको जिम सेन्टर सञ्चालनमा ल्याईएको जिम सेन्टरका अध्यक्ष भानुभक्त न्यौपानेले बताए ।

जिम हाउसको उद्घाटनका क्रममा अध्यक्ष राईसहितका वक्ताहरुले स्वस्थ्य शरीरका लागि दैनिक शारीरिक व्यायम आवश्यक भएकाले यस्ता जिम हाउस उपयोगी हुने जोड दिए । उनीहरुले यस क्षेत्रमा खोलिएको जिम सेन्टरबाट फिटनेस तथा जुम्बाको सेवाबाट लाभग्राहीहरुले भरपूर सेवा पाउने उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तवारी,  कमल -६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, धर्मश्री महेश्वर महर्जन, टंकप्रसाद पराजुली लगायतले स्वस्थ्य शरीरका लागि जिम सेन्टरको महत्व रहने बताएका थिए ।
जिम सेन्टरका सञ्चालक रिजु कार्कीका अनुसार जिम सेन्टर सञ्चालनका अवसरमा सेवाग्राहीहरूका लागि विभिन्न आकर्षक अफरहरू ल्याईएको छ । जसअन्तर्गत नयाँ भर्ना शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ भने १ वर्षे प्याकेज लिने सेवाग्राहीलाई १० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरिएको छ ।
युवा उद्यमी कार्कीसहित स्थानीय २५ जना युवाहरुको करिव ७० लाख रुपैयाको लगानीमा उक्त जिम सेन्टर सञ्चालनमा ल्याइएको हो ।

 

 

Leave a Reply

Your email address will not be published.