दमक, ८ असार । यहाँस्थित दमक थुलुङ डेन्टल केयरले बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि सञ्चालन गरेको चित्रकला प्रतियोगिताका उत्कृष्ठ १३ जना बालबालिकालाई पुरस्कृत गरेको छ ।
बालबालिकाहरुलाई उपचारसंगै पेन्टिङ र कलरिङतर्फ सिकाई कार्यमा सहयोग पुरयाँउन डेन्टलले गतवर्षदेखि यस किसिमको प्रतियोगिता सञ्चालन गरिआएको छ । दमक ६ मा रहेको उक्त डेन्टलले दन्त रोगको उपचारमा विशेषज्ञ सेवा उपलव्ध गराउदै आएको छ ।
डेन्टलकी सञ्चालक समेत रहेकी दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले बालबालिकामा हुदै आएको दन्त सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याको सुलभ उपचार तथा उचित परामर्श संगै चित्रकला प्रतियोगिता गरिआएको बताईन् । यसले बालबालिकाहरुको सिकाई कृयाकलापमा समेत सहयोग पुग्ने उनको भनाई छ ।
उनका अनुसार डेन्टलले बालबालिकाको उपचार मात्रै गर्दैनन्, बालबालिकाहरुलाई सिकाई कार्यमा प्रोत्साहित गर्न चित्रकला प्रतियोगिता गरेर फरक कार्यक्रम गरिआएको छ ।
यसैवीच, शनिबार दमक–६ स्थित डेन्टल परिषरमा संक्षिप्त कार्यक्रम गरि उत्कृष्ट १३ जना बालबालिकहरुलाई पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेहरुमा अल्फा नेपाल, सेलिना श्रेष्ठ, सजना लिम्बू, नरदेम गुरुङ, सयौन चम्लागाई, सेलिमा राई, प्रशंषा आचार्य, सौजन लिम्बू लगायत छन् । उनीहरुलाई डाक्टर थुलुङ ,उनकी आमा सावित्रादेवी प्रधान थुलुङले पुरस्कार वितरण गरेकी थिईन् ।
डाक्टर थुलुङले बालबालिकाहरुको सृजनात्मक क्षमताको विकास गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउँछिन् । डेन्टलमा आएका बालबालिकाहरुलाई नकारात्मक गतिविधि निरुत्साहित गर्न यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरिन् ।
कार्यक्रममा लाइफ लाइन अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर सिता राई, दमक बहुमुखी क्याम्पसका प्राध्यापक पारषमणी आचार्य, पत्रकार कमल देवान, दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारी, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमाल, सामाजिक अगुवा तीर्थराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
डाक्टर थुलुङका दिवगंत पिता डाक्टर सहदेब थुलुङ दमकका पूराना डाक्टर हुन् ।
