बागडोग्रामा कार दुर्घटना, बिर्तामोडका चौधरीको मृत्यु

झापा,७ असार । कार दुर्घटनामा परी भारतको बागडोग्रामा झापा ,बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किदै गर्दा बाग्मती प्रदेश–०१०३२ च १६८० नम्बरको कार शनिवार दिउसो करिव ५ बजे बागडोग्राको सन्यासी स्थानको चिया बगानमा अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा अलैची व्यवसायी बिर्तामोड -५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाइते चौधरीको बागडोग्रास्थित ग्यालेक्सीस्थित अस्पतालमा उपचारका क्रममा शनिवार साँझ ८ बजे मृत्यु भएको थियो ।

कारमा उनी मात्र एक्लै रहेको बताइएको छ । तीब्र गतिका कारण कार रुखमा ठोक्किएर दुई टुक्रा भएको छ । उनको मुटु, टाउको लगायात शरीरका विभिन्न भागमा चोट लागेको पाइएको त्यहाँस्थित ग्यालेक्सी अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.