विश्व मुख स्वास्थ्य दिवसमा प्रभातफेरी (फोटो फिचरसहित )

दमक,६ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा शुक्रवार झापाको दमकमा प्रभातफेरी निकालिएको छ । दमक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न डेन्टल अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकहरुको सहभागितामा प्रभातफेरी निकालिएको हो । कार्यक्रममा नेपाल डेन्टल एशोसियसनमा आबद्ध चिकित्सकहरु सक्रिय रूपमा सहभागी भएका थिए ।
मुख तथा दाँतको स्वास्थ्यप्रति समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दमकमा यसवर्ष पहिलोपटक प्रभातफेरी निकालिएको दमक थुलुङ डेन्टलकी दन्त चिकित्सक डा. सोफिया थुलुङले बताईन् ।


उनका अनुसार दमकमा ४५ वटा डेन्टल स्वास्थ्य संस्था सञ्चालनमा भएपनि आधा संख्यामा भने मापदण्ड विपरीत रहेका छन् । नियमकारी निकायले अनुगमन नगर्दा मापदण्ड नपुगेका डेन्टल स्वास्थ्य संस्थाहरु खुल्ने क्रम बढ्दै गएको उनको भनाई छ । दन्त चिकित्सा सेवा थप प्रभावकारी बनाउन यस्ता दिवस सम्बन्धी कार्यक्रमहरु उपयोगी हुने उनले बताईन् ।दाँत तथा मुख सम्बन्धी सचेतनामूलक प्लेकार्ड सहित निकालिएको प्रभातफेरी दमक चौक बजार हुदै पुनः फर्निचर लाईनमा आएर औपचारिक रुपमा समापन गरिएको थियो ।

सहभागिहरुले मुख तथा दातको सुरक्षागर्न नियमित रूपमा दाँत माझ्ने, ,समय समयमा दन्त परीक्षण गराउने , अस्वस्थ्य खानपान नगर्ने हो भने पनि दात र मुखमा आउने समस्या निदान हुने जोड दिए ।
विश्व मुख स्वास्थ्य दिवस विश्वका १३० भन्दा बढी देशहरूमा मुख स्वास्थ्य सम्बन्धि सचेतना अभियानहरू सञ्चालन गर्दै आएका छन् । सन् २०१३ वाट विश्वमा यो दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published.