-शेरबहादुर भट्टराई
प्रिय नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूमा जय नेपाल ।
नेपाली कांग्रेसको संगठनमा जोडिएर एउटा लामो राजनीतिक यात्रा तय गर्दा मैले मेरो ब्यक्तिगत जीवन र राजनैतिक जीवनमा पनि अनेकौँ उतारचढाव देखेको भोगेको छु । संघर्षका दिनहरू, संगठन निर्माणका कठिन क्षणहरू भोगेको छु, साथीहरूको साथ पाएको छु, अग्रजहरूको मार्गदर्शन प्राप्त गरेको छु र कार्यकर्ताको विश्वासलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पूँजीका रूपमा सँगालेको छु । एउटा युवा उमेरबाट कांग्रेसको राजनिति सुरु गर्दै गर्दा मैले कहिलै पनि आज प्राप्त गरेको पद र जिम्मेवारीको महत्वकांक्षा राखेको थिईन । पार्टि काम गर्दै जाँदा यी जिम्मेवारी र पदहरु प्राप्त हुँदै गए ।
अहिले नेपाली कांग्रेसको महाधिवेसनको सन्दर्भमा मैले अत्यन्तै मिहिन ढंगले आत्म समिक्षा गर्दा हामीले नेतृत्वमा पुग्न मात्रै राजनीति गरेका हौँ कि आफूभन्दा पछाडिको पुस्तालाई नेतृत्वमा पु¥याउन पनि राजनीति गरेका हौँ ? भन्ने प्रस्नको उत्तर खोजीरहेको छु । यसैले मैले यसपटकको महाधिवेशनबाट म महाधिवेशन प्रतिनिधिको उम्मेदवार नबन्ने निर्णय गरेको छु ।
…………………………………………………………………………………………………………………………………………
दमक नगर सभापतिदेखि क्षेत्रीय सभापति हुँदै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र अहिले नेपाली कांग्रेस झापाको उपसभापतिको जिम्मेवारीसम्म आइपुग्दा मैले पाएका पदहरूभन्दा तपाई सुभचिन्तकहरुको साथ र हौसलालाई बढी महत्वपूर्ण ठानेको छु ।
अहिले नेपाली कांग्रेसको महाधिवेसनको सन्दर्भमा मैले अत्यन्तै मिहिन ढंगले आत्म समिक्षा गर्दा हामीले नेतृत्वमा पुग्न मात्रै राजनीति गरेका हौँ कि आफूभन्दा पछाडिको पुस्तालाई नेतृत्वमा पु¥याउन पनि राजनीति गरेका हौँ ? भन्ने प्रस्नको उत्तर खोजीरहेको छु । यसैले मैले यसपटकको महाधिवेशनबाट म महाधिवेशन प्रतिनिधिको उम्मेदवार नबन्ने निर्णय गरेको छु ।
राजनीति केवल आफू मात्रै अगाडि बढ्ने यात्रा होइन, कहिलेकाहीँ आफूले पाएको अवसर अर्को पुस्तालाई हस्तान्तरण गर्नु पनि राजनीतिक संस्कार हो भन्ने मेरो मान्यता रहेको छ ।

तपाईंहरू आउनुहोस्, नेतृत्व लिनुहोस्, सिक्नुहोस्, सिकाउनुहोस् र नेपाली कांग्रेसलाई अझ बलियो बनाउनुहोस् । हाम्रा अग्रज सहित हामीले बनाएको संगठनलाई तपाईंहरूले अझ राम्रो बनाउनुहोस् । हामीले जोगाएको लोकतान्त्रिक मूल्यलाई तपाईंहरूले अझ उचाइ दिनुहोस् ।
…………………………………………………………………………………………………………………………………………..
नेपाली कांग्रेसको विशेष महाधिवेशनको भावना र त्यसपछि विकसित भएको राजनीतिक वातावरणले पनि हामीलाई यो कुरा स्पष्ट संकेत गरेको छ । हिँजो राजनीतिलाई फोहोरी खेल भन्ने युवा पुस्ता पनि नेपाली कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने अवसर खोजिरहेको छ । युवाहरुले नयाँ शैलीमा संगठन निर्माण गर्न चाहिरहेका छन् ।
अब पुस्तान्तरणको बहसलाई व्यवहारमै उतार्ने सुवर्ण अवसर हाम्रो पुस्ता समक्ष आएको छ । नयाँ पुस्तालाई ठाउँ दिनु भनेको पुरानो पुस्तालाई विस्थापित गर्नु होइन । अब हामीले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुरानाको अनुभव र नयाँको ऊर्जा जोड्नु परेको छ ।
मैले राजनितिबाट बिदा लिएको हैन । मेरा विचार, मेरो विश्वास र मेरो राजनीतिक प्रतिबद्धता अझ ससक्त र दाह्रो बनेको छ । तर केवल एउटा जिम्मेवारीको ढाँचा बदल्नु पर्छ भन्ने निकर्षमा म पुगेको छु ।
महाधिवेशन प्रतिनिधि नबन्दैमा मेरो कार्यकर्तासँगको सम्बन्ध समाप्त हुँदैन । बरु, अब अझ स्वतन्त्र मनले, अझ फराकिलो दृष्टिले र नयाँ पुस्तालाई साथमा लिएर नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक यात्रामा योगदान गर्ने मेरो प्रयास रहनेछ । आगामी दिनमा पनि पार्टीले दिएको जिम्मेवारी, साथीहरूले दिएको विश्वास र समाजप्रतिको मेरो उत्तरदायित्वलाई आत्मसात् गर्दै सक्रिय रहनेछु । नयाँ युवासाथिहरुलाई पनि मेरो शुभकामना छ ।
तपाईंहरू आउनुहोस्, नेतृत्व लिनुहोस्, सिक्नुहोस्, सिकाउनुहोस् र नेपाली कांग्रेसलाई अझ बलियो बनाउनुहोस् । हाम्रा अग्रज सहित हामीले बनाएको संगठनलाई तपाईंहरूले अझ राम्रो बनाउनुहोस् । हामीले जोगाएको लोकतान्त्रिक मूल्यलाई तपाईंहरूले अझ उचाइ दिनुहोस् ।
यही अपेक्षा, यही विश्वास र यही शुभकामनासहित । जय नेपाल । उप सभापति ,नेपाली कांग्रेस झापा जिल्ला समिति झापा