हेनरी डयूनाको प्रतिमा निर्माणमा सहयोग जुटदै

दमक,२९ पुस । झापाको कमल गाउँपालिका –५ मंगलवारेस्थित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले निर्माण गर्ने रेडक्रसका जन्मदाता जिन हेनरी ड्यूनाको प्रतिमा स्थापना गर्न सहयोग जुट्न थालेको छ ।
उपशाखाका सभापति चन्द्र साहका अनुसार प्रतिमा स्थापना गर्न रेडक्रसले शुरु गरेको अभियानमा देश,विदेशबाट सहयोग जुट्न थालेको छ । माघको दोश्रो सातासम्म प्रतिमा स्थापना गरिसक्ने लक्ष्यका साथ थालिएको अभियानमा रेडक्रसकर्मी तथा शुभेच्छुकहरुबाट सहयोग जुट्ने क्रम बढेको उनले बताए । शिलालेखमा ५ हजार माथि सहयोग गर्ने दाताको विवरण समावेश गरिने रेडक्रस उपशाखाको निर्णय छ । प्रतिमा राख्न करिव ३ लाख ५० लाग्ने अनुमान छ ।

प्रतिमा निर्माण उपसमितिका संयोजक समेत रहेका उपशाखा सभापति साहले साता,दश दिन यता थालिएको सहयोग आव्हानमा हालसम्म १ लाख हाराहारी रकम जुटिसकेको छ ।
उनका अनुसार कमल -६ का सुनिल उप्रेतीबाट ७ हजार ५ सय, तुलसी वजगाई र आशिका राईले जनही रु ६ हजार पचत्तर रुपैया र तुलसी तिवारीवाट ५ हजार १ सय ५१ रुपैया र छिमेकी देउसी,प्रभु राई,दिपक पौडल र अभिमन्यु दाहालबाट जनही ५ हजार १ सय रुपैया सहयोग प्राप्त भएको छ ।
यसैगरि, कमल- ६ का सन्तबहादुर राई, ऋषिकेश सुवेदी, प्रकाश थापा र अजिना गुरुङबाट जनही रु ५ हजार ५ रुपैया सहयोग प्राप्त भएको छ । धेरै दाताले स्वेच्छिक रुपमा उक्त अभियानमा जोडिने र आफूहरुले सक्दो सहयोग घोषणा गरेको समेत संयोजक साह बताउँछन् । उनले भने, –‘रेडक्रस कमल उपशाखालाई हाम्रा आजीवन सदस्य,स्थानीय सरकार तथा शुभेच्छुकहरुबाट प्राप्त सहयोगकै कारण आज यो उपशाखा सवल बन्दै गएको छ । अव हामीले शुरु गरेको रेडक्रसका जन्मदाता ड्यूनाको प्रतिमा राख्ने कार्यमा समेत यहाँहरुको सहयोग अवश्य प्राप्त हुनेमा हामी विश्वस्त छौं। ’
रेडक्रस परिषरमा रेडक्रस जन्मदाता डयूनाको करिव ५ फिट अग्लो प्रतिमा बनिने र त्यसले रेडक्रसको शोभा बढ्ने अपेक्षा गरिएको उपशाखाकी उपसभापति नरमाया तामाङले बताईन् ।
प्रतिमा निर्माण गर्न सभापति साहको संयोजकत्व सदस्यहरु पारषमणि राई, प्रमोद दाहाल,केशव तिम्सीना र बिमलादेवी भट्टराई रहेको ५ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।
जिल्लाकै कान्छो र उत्कृष्ठ उपशाखाको पटक पटक पुरस्कृत यस उपशाखाले दैनिक कार्यालय सञ्चालनका लागि दुई तले सुविधासम्पन्न भवन निर्माण गरि गत वैशाखदेखि विपन्नका लागि सहुलियत तथा गुणस्तरिय ल्याव सेवा समेत उपलव्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.