दमक ,२८ पुस । बिषालु सर्पको डसाईबाट झापाको कमल गाउँपालिकामा एक जना युवाको मृत्यु भएको छ। यसरी ज्यान गुमाउनेमा कमल गाउँपालिका –६ का ३७ वर्षीय बुद्धिकुमार राजवंशी रहेका छन् ।
मृतकका मामा कालु राजबंशीका अनुसार घर नजिकै चर्पी गएको बेला आइतवार राति ८ बजे तिर देब्रे खुटटामा डसेको थियो । सर्पले डसे पछि उनलाई दमकको सर्प डसाई उपचार केन्द्रमा लागिएको र बिहान ४ बजे तिर श्वासप्रश्वासमा समस्या आएपछि विराटनगर लैजाँदा बाटोमा ज्यान गएको थियो ।
जाडोयामको यो समयमा समेत दमकसहित पूर्वी तराई तथा भित्री मधेसमा सर्प डसाईको घटना हुँदै आएको दमकस्थित सर्प डसाई उपचार केन्द्रका प्राविधिक गंगा प्रसाद उप्रेतीले जानकारी दिए । यहाँको सर्प डसाईं उपचार केन्द्र नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले सञ्चालन गरिआएको छ ।
उहाँका अनुसार पुसको आजसम्म यो उपचार केन्द्रबाट ९ जनाले सर्प डसाईको उपचार पाएका छन्। दुई दशकदेखि दमकमा रेडकसले सर्प डसाई उपचार सेवा प्रदान गरिआएको छ ।