छत्र -भक्तिमाया स्मृति प्रतिष्ठानद्धारा विद्यार्थीलाई सहयोगी सामाग्रीहरु प्रदान

दमक,२८ पुस । झापाको कमल गाउँपालिका -५ सिम्लेस्थित शहिद रत्न आधारभूत विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न ४६ जना विद्यार्थीहरुलाई जाडोका लागि ट्रयाक सुटसहित शैक्षिक सामाग्रीहरु प्रदान गरिएको छ ।
कमल- ५ मंगलवारे निवासी स्व. छत्रबहादुर तथा भक्तिमाया लिम्बू ( मनिका ) को स्मृतिमा स्थापित छत्र भक्तिमाया स्मृति प्रतिष्ठानले आज विद्यालयमा पुगेर ती सामाग्रीहरु वितरण गरिएको अध्यक्ष देबी आङदेम्बेले बताए ।
उनका अनुसार दिवंगत पितृहरुको स्मृतिमा त्यस विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट, कापी, कलम बितरण गरिएको थियो । पिता स्व. छत्रबहादुर र छोरी मनिकाको स्मृतिमा उनका परिवारजनले प्रतिष्ठान स्थापना गरि सामाजिक कार्यहरु गरिआएको छ ।
शहिद रत्न आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उमेश तुम्रोकको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा स्व लिम्बूका परिवारहरु लक्ष्मी लिम्बू , बालकुमारी लिम्बू, छरछिमेकीहरु,शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
ती सहयोगी सामाग्रीहरु दाता परिवार, शिक्षक अभिभावक संघका संयोजक नैन कुमार राई , विद्यालयका प्रधानाध्यापक सन्त बहादुर चोङबाङ लगायतले वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.