विष्णुकठ्ठामा महिला फुटबल : टाँडी स्पोर्टिङ क्लव मोरङ विजयी

दमक,२७ पुस । झापाको कमल गाउँपालिका -७ विष्णुकट्ठामा जारी दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता–२०८२ को आज भएको खेलमा टाँडी स्पोर्टिङ क्लव मोरङ विजयी भएको छ ।
कमल -७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा भएको खेलमा भारत बाघडुग्राको जेपीएफसीलाई ट्राइवेकरमा हराउदै टाँडीले जित निकालेको हो ।
निर्धारित समय भित्र दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा ४–३ गोलको अन्तरले टाँडी विजयी बन्यो । सो खेलको म्यान अफ दि म्याचबाट टाँडीका गोलरक्षक गरिमा दर्जी पुरस्कृत भईन् ।
सृजनशील युवा क्लवले आयोजना गरेको सो प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु. ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका सचिव विक्रम निरौलाले बताए । भोलि सोमबारको खेल केचना फूटवल क्लव पथरी र भद्रपुर झापा फूटवल क्लव वीच हुने क्लवले जनाएको छ ।
२६ पुसदेखि ३ माघसम्म चल्ने उक्त प्रतियोगितामा आयोजकसहित ८ वटा टिमले भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published.