रेल दुर्घटनामा परी आलमको मृत्यु

झापा, २ मंसीर । झापा कचनकवलका एक युवकको भारतमा रेल दुर्घटनामा परी ज्यान गएको छ ।मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ पगलीभिट्टा निवासी कार्तिक मियाँका छोरा फरमुद आलम रहेका छन् ।
पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा हिजो राति उत्तर प्रदेश राज्य जागिपुर रेलवे स्टेसननजिकै लडेर गम्भीर घाइते भएका थिए । घाइते आलमको घटनास्थलमै मृत्यु भएको हो।
उनी कामको सिलसिलामा केही महिना अगाडि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । शवको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.