मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित ३ जनाको मृत्यु

सुनसरी ,१५ असार । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी बाबुछोरासहित ३ जनाको मृत्यु भएको छ। अरू दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी मोटरसाइकल चालक रामधुनी नगरपालिका–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को ३३ प ९६०५ नं को मोटरसाइकल चालक इनरुवा ६ का ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो।

गएराति रामधुनी नगरपालिका–७ बासबिटीस्थित चतरा कान्छी चोक सडक खण्डमा कान्छी चौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नं को अर्को मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो। उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृतक ३४ वर्षीय चौधरीको श्रीमती ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी–७ का ३६ वर्षीय रमेश चौधरी घाइते छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published.