विषाक्त च्याउ खाएका तीनैजनाको मृत्यु

दमक,११ जेठ । विषाक्त जंगली च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । इलाम, माङसेबुङ गाउँपालिका -५ का अन्दाजी ५५ वर्षिय अमर लावती, अन्दाजी २५ वर्षिया मनिषा लिम्बू र १७ वर्षिया नुमा लावतीको ज्यान गएको हो ।
६ दिन अघि नजिकैको चिया बगानमा उम्रिएको विषाक्त जंगली च्याउ तरकारी पकाएर खाएका उनीहरू एकाएक बिरामी परेका थिए । मनिषा र नुमाको उपचारका लागि विराट नर्सिङ अस्पताल विराटनगर लागिएको थियो । स्थानीय मनोज शिवाकोटीका अनुसार नुमाको अस्पतालमा नै मृत्यु भएको र मनिषालाई चिकित्सकले उपचार सम्भव नरहेको भनी फर्काएका थिए ।
उनलाई घर ल्याएपछि मृत्यु भएको लावतीको भने । आइतवार विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । मृत्यु भएका मध्ये नूमाको दाहसंस्कार भएको छ । मनिषाको शव दमक अस्पतालमा पोस्टमार्टपछि परिवारले बुझेर लगेको दमक अस्पतालका सूचना अधिकारी डाक्टर अनुपम घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.