अध्यक्ष राईको तीन बर्ष ,सपथ लिए लगत्तै गरेका निर्णय पूरा हुदै

दमक,११ जेठ । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपािलका अध्यक्षको कार्यभार सम्हालेको आइतवार तीन बर्ष पूरा भएको छ ।२०७९ को बैशाखमा सम्पन्न स्थानीत तह निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष हुुकुमसिंह राईले ११ जेठकै दिनदेखि कमल गाउँ सरकारको प्रमुखका रुपमा कार्यभार सम्हालेका हुन् ।

पाँच बर्षे कार्यकालका लागि लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित राईले झापा जिल्लाका तत्कालिन न्यायधीशबाट सपथ लिएका अध्यक्ष राईले तत्काल गाउँपालिकामा गरिने तीन वटा निर्णय लिएका थिए । पदभार ग्रहण गर्दै लिइएका ति निर्णयहरु कार्यान्वयनमा अध्यक्ष राई सफल भएको देखिन्छ ।

तीन निर्णय सवै पूरा हुदै

कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त बालमैत्री गाउँपालिका घोषणा, स्वास्थ्य बीमासहितको कमल नगर अस्पताल सञ्चालन र गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने मुख्य तीन निर्णयमा हस्ताक्षर गरेका थिए ।
अध्यक्ष राईको नेतृत्वमा कमललाई कोशी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिसकिएको छ भने कमल नगर अस्पतालमा बीमासहितको स्वास्थ्य सेवा सञ्चालनमा रहेको छ । यसैगरि, कमल- २ मा सञ्चालित यो अस्पतालले पछिल्लो समय विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
यस अस्पतालमा आसपास क्षेत्रका बार्षिक १० हजार भन्दा बढी सेवाग्राहीले सेवा लिने गरेको तथ्याङक छ ।

प्रशासनिक भवन धमाधम निर्माण

अघिल्लो पाँच बर्ष बन्न नसकेको गाउँपालिकाको प्रशासनिक भवन अध्यक्ष राईकै नेतृत्वमा धमाधम निर्माण भइरहेको छ । हाल भवनको दोश्रो तला निर्माणको चरणमा छ भने एक बर्ष भित्रै यो भवनलाई पूर्णता दिएर कार्यसम्पादनमा थप सहजता ल्याउने अध्यक्ष राईको प्रतिबद्धता छ ।
चुनावी दौरानमा तयार गरिएको गठबन्धन दलको संयुक्त घोषणा पत्रका आशिंक प्रतिबद्धताहरु पूरा गर्ने दिशामा अघि बढेका अध्यक्ष राईलाई पालिकाका अन्य जनप्रतिनिधि र कर्मचारी टिमले उसैगरी साथ दिइरहेका छन् ।

रंगशाला निर्माणको आशा

यस क्षेत्रकै बहुचर्चित र बहुप्रतिक्षित मानिएको कमल- ५ लखनपुरमा अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला निर्माणको आधार यही तीन बर्षको अवधिमा तयार भएको छ ।अघिल्लो बर्ष मात्रै यहाँ संघीय सरकारबाट बजेट ल्याएर यसको पक्की पर्खालसहितको घेराबारा गरिएपछि रंगशाला निर्माणको आशा जागेको छ ।

शैक्षिक सुधारका लागि नीतिगत पहल

कमल गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारका लागि गाउँपालिकाले नीतिगत पहल गरेको छ । बिद्यालयका कक्षा कोठाहरु र प्रशासनिक कक्ष (शिक्षक, कर्मचारी)को सीसी क्यामेराको प्रयोग गरी आफ्नै कक्षबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाको शिक्षा समितिले यहाँका सामुदायिक बिद्यालयहरुको आकर्षण बढाउन एकै किसिमको रंग रोगन गर्ने, बिद्यालय क्षेत्रभित्र राजनीतिक गतिबिधिहरुमा रोक, बिद्यार्थीलाई घुम्ती नृत्य प्रशिक्षण, ठाउँ ठाउँमा भलिबल खेलको प्रशिक्षण सञ्चालन लगायतका कदम चालिएका छन ।
कृषि क्षेत्रमा आफ्नै ब्राण्डको कमल अग्र्यानिक मललाई विकेन्द्रिकृत गर्दै किसान सम्म पुरयाइरहेको छ भने किसानलाई प्रोत्साहनका लागि उत्पादनका आधारमा सोझै किसानका हातमा नगद अनुदान पुरयाउने , सिचाइँको पचास प्रतिशत बिद्युत महसुल तिरिदिने लोकप्रिय कार्यक्रमहरु अघि बढाएको छ ।
गाउँपालिका भित्र सडक, पूल कल्भर्टहरु, भवन आदिको भौतिक पूर्वाधारको गुणस्तरका लागि कटिबद्ध भएर उत्रिएका अध्यक्ष राईले सुशासनका लागि भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएका छन् ।
सिमित स्रोत साधनका बाबजुद गाउँपालिका भित्र यहाँको सामाजिक बिकाससँगै सडकहरु र सार्वजनिक क्षेत्रको सौन्दर्यकरणमा पनि ठुलो फड्को मारेको देखिन्छ ।

४० स्थानमा ठुला खाले सडक बत्ती

गाउँपालिकाका भित्रका विभिन्न ४० स्थानमा हालसम्म ठुला खाले सडक बत्ती जडानमा अध्यक्ष राई आफैं खटिएका छन् । श्रमदान मार्फत गरिएको सडक सौन्दर्यकरणको कामले पाडाजुँगी–मंगलबारे–गौरीगञ्ज सडक अन्तर्गतको लखनपुर खण्ड व्यवस्थित र आकर्षक बन्दै गएको छ । अध्यक्ष राईको पाँच बर्षे कार्यकालको आधा समय बित्दै गर्दा उनको कुशल र सक्रिय नेतृत्वले समृद्ध कमल निर्माणको गतिलाई अपेक्षाकृत रुपमा अघि बढाउन सफल हुँदै गएको रुपमा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published.