दमक भ्यूटावर मंसिर २३ मा उद्घाटन

दमक,१३ मंसिर । झापाको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) उद्घाटन हुने भएको छ । सरकारले टावर सँगै अन्य भवनहरुको सञ्चालन कार्यविधि ल्याएसँगै अब भ्यु टावर सञ्चालन हुने भएको छ ।
दमक ३ मा निर्माण भएको एक सय मिटर अग्लो टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २३ गते उद्घाटन गर्दैछन् । एक अर्ब ४५ करोड रुपैयाँको लागतमा १८ तलाको भ्यु टावर यस अघि नै निर्माण सम्पन्न भइसकेको थियो । तर सञ्चालनको अन्यौलताका कारणले अहिले सम्म उद्घाटन हुन सकेको थिएन् ।
टावरमा २८ मिटर अग्लो फलामको टावर बनाइएको छ । उच्च आधुनिक प्रविधिबाट टावर निर्माण गरिएको दाबी निर्माण पक्षको छ । पूर्व पश्चिम राजमार्गको दमक कृष्णमन्दिर चौकबाट करिब ३ किलोमिटरको दुरीमा भ्यु टावर पुग्न सकिन्छ ।

दमकको भ्युटावरसहित काठमाडौंको धरहरा, नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरीस्थित सनराइज सभा हल, रूपन्देहीको बुटवलस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र गरि ६ वटा विशिष्ट संरचनालाई सरकारले आफ्नो मातहत राखेर निजी क्षेत्रमार्फत सञ्चालन गर्ने गरी प्रकृया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published.