पटाका पड्काउदाँ दमकमा एक बालक घाइते

दमक ,१४ कार्तिक । पटका पड्काउदाँ दमकमा एक बालक गम्भीर घाइते भएका छन् ।मंगलबार साँझ ५ बजे दमक –६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन् । उनको अनुहार जलेको छ ।
घाइते बालकलाई उपचारका लागि लाइफलाइन अस्पताल दमकमा लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि भारतको सिलिगुडीतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.