दमक,५ असोज । मुखको क्यान्सरबाट थलिएका दमक ९ स्थित पूर्णिमा टोलका ४२ बर्षिय जल्पा सोेरेनले आफनो जीवन बचाई दिन सवैसंग सहयोगको याचना गरेका छन् ।
गत असारदेखि मुखको देब्र भागमा एक्कासी घाँउ पलाएपछि त्यसमा क्यान्सर देखिएको भन्दै उनले थप उपचारका लागि आफनो परिवारसंग पैसा नभएकाले जीवन बचाई दिन सहयोगको अनुरोध गरेका छन् ।
ट्याक्टर चलाएर जिविकोपार्जन गरिआएका उनका श्रीमती ,दुई छोरा र दुई छोरी छन् । श्रीमती जोवादेवीका अनुसार विराटनगरमा डाक्टरले अहिले किम्बु चलाएका र थप अप्रेशनका लागि ५ ,१० लाख रकम जोहो गर्नुपर्ने सल्लाह दिएकाले त्यतिका रकम नभएपछि सवैसंग याचना गर्नुपरेको छ । विरामी घाँउ फैलिदै गएको र बोल्न सक्ने अवस्थामा छैनन् । उनकी श्रीमती जोवादेवीले विरामीको उपचारमा आफनो जायजेथाबाट उपचार गर्न नसक्ने भएकाले मनकारीहरुसंग आर्थिक सहयोगको लागि अनुरोध गरिएको बताईन् । अप्रेशनका लागि लाग्ने रकम पाए कतै श्रीमानलाई बचाउन सकिने आशा रहेको उनले सुनाईन् ।
उनलाई सहयोग गर्न चाहनेले कुमारी बैकको जल्पा सोरेनको बचत खाता ०९९०३१७२००२००००१ मा रकम जम्मा गर्न समेत सकिने पीडित परिवारले उल्लख गरेका छन् ।