मानव उद्दार सेवा दमक शाखा विस्तारित

दमक ,५ असोज । मानव उद्दार सेवा दमक शाखालाई विस्तार गरिएको छ । संस्थाका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठको उपस्थितिमा शुक्रवार दमकमा बसेको बैठकले दमक शाखा समिति बिस्तार गर्ने निर्णय गरेको हो । नौ सदस्यीय विस्तारित समितिको अध्यक्ष रेवतचन्द्र भण्डारी, उपाध्यक्षद्धयमा मुकेश अग्रवाल,सरिता न्यौपाने,सचिवमा स्वस्तिका कुँवर,सहसचिवमा प्रशान्त ढकाल र कोषाध्यक्षमा सरोज बाँस्कोटा
चुनिएका छन् । यसैगरि समितिको सदस्यहरुमा अमित अग्रवाल,होम श्रेष्ठ,रेविका कार्की लगायत रहेका छन् । उक्त संस्थाले दमक नगरपालिकाको सहकार्यमा दमक ३ स्थित बेलडाँगीमा आवासीय रुपमा उद्धारमूलक सेवा शुरु गरिसकेको छ ।
यो सामाजिक संस्था मन हुने व्यक्तिहरुको साथ सहयोग र मुठ्ठिदानबाट सञ्चालनमा रहेको छ । मानव उद्दार सेवाले “हाम्रो दमक राम्रो दमक“ भन्ने मूल नारालाई अगाडि सारेर सडकमा रहेका सहाराविहीन , अशक्त मानिसहरूको यथोचित व्यवस्थापन गर्दै सडक मानव मुक्त बनाउने अभियानमा लागिरहेको अध्यक्ष भण्डारीले बताए ।सडक मा आश्रीत मानवहरुको खाना, कपडा , बासको उचित प्रवन्ध गरि औषधि उपचार पश्चात पारिवारिक पुनर्मिलन गर्ने सम्मका सामाजिक कार्यमा जोड दिने लक्ष्यका साथ काम थालिएको अध्यक्ष भण्डारीले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.