युटयूवले चरित्र हत्या गरेको भन्दै न्यायलय जाने लिम्बूको चेतावनी

दमक ,९ भदौ । झापा, दमक ५ की एक जना महिलाले एक समूहले सामाजिक सञ्जाल फेसबुक तथा युट्युबको माध्यमबाट आफनो चरित्र हत्या गरेको आरोप लगाएकोमा आपत्ति जनाएकी छिन् ।
हरिउँ कोलनीकी स्थायी बासिन्दा उषाकुमारी लिम्बूले आज दमकमा पत्रकार सम्मेलन गरेर केही दिन अघि आफ्नो अनुमति बिनानै घरमा प्रवेश गरी केही व्यक्तिसँगको लेनदेनका बिषयलाई लिएर फेसबुक तथा यूट्यवबट अनर्गल र भ्रमपूर्ण प्रचार गरेको जिकिर गरेकी हुन् । उनले आफ्नै घरमा डेरा गरी बस्ने तुलसा केरुङसहितले युट्युब प्रयोगकर्ताहरुलाई परिचालन गरेर आफ्ना विरुद्ध कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन गरेको आरोप लगाइन् । उनले भनिन्, –‘सो कार्यमा संलग्नहरुको पहिचान गरी उनीहरुबिरुद्ध कानुनी उपचारका लागि जाने छु ।’ जहाँबाट आफूले न्याय पाउने उनले बताईन् ।
उनको घरमा तुलसा केरुङसहितका केहि महिलाले इटहरीका यूट्यूवरलाई ल्याएर आफू नभएको बेला लेनदेन सम्बन्धी विषयलाई लिएर भ्रमीत प्रचार तथा घरमा ताला लगाउनेसम्म हर्कत गरेको लिम्बूले सुनाईन् । आफनो घरमा ताला लगाउनेसम्मको उनीहरुलाई अधिकार कसले दियो? उनको प्रश्न थियो । उनले ती यूट्यूव च्यानल विरुद्ध प्रेस काउन्सिलमा उजुरी गर्ने स्पष्ट पारिन् ।
दमक ५ निवासी मनकुमारी कालाखेती र निर्मला कार्की विरुद्ध झापा जिल्ला अदालतमा लेनदेन सम्बन्धी मुद्धा विचाराधिन रहेको उल्लेख गर्दै लिम्बूले निर्मला तामाङ र मञ्जु पौडेल विरुद्ध अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धि उजुरी समेत गरिसकेको बताइन् । कसैसँगको लेनदेन कारोबार स्वभाविक बिषय भएको र सम्बन्धित बिषयमा आफू अन्यायमा परेकाले न्यायलय र जिल्ला प्रशासन कार्यालय झापामा गइसकेको अवस्थामा चरित्र हत्या गर्ने दुस्साहस मेरा लागि सह्य छैन, लिम्बूले भनिन् ।

 

Leave a Reply

Your email address will not be published.