दमक खानेपानीमा निर्वाचित नेतृत्वलाई कांग्रेसको बधाई शुभकामना

दमक,६ जेठ । २६ चैतमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई कांंग्रेसको स्थानीय नेतृत्वले बधाई शुभकामना विशेष कार्यक्रम गरेको छ ।
आइतबार दमक ५ स्थित कांग्रेसको पार्टी कार्यालयमा कांग्रेस केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य र कार्यवहाक नगर सभापति प्रेम भट्टराईको सभापतित्वमा आयोजित सो कार्यक्रममा दमक खानेपानीको अध्यक्षमा निर्वाचित रवि केसी न्यौपानेले आम उपभोक्ताहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्था र पार्टीको गरिमामा आँच आउने गरि वा शिर झुक्ने नदिने अध्यक्ष न्यौपानेको प्रतिबद्धता छ ।
नव निर्वाचित अध्यक्ष न्यौपाने कांग्रेस झापा क्षेत्र नं ५ (ख)का सभापति समेत हुन् । त्यसैगरी दमक खानेपानीको कोषाध्यक्षमा पार्टीका महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी , सदस्यमा दमक १ का वडा सभापति गजेन्द्र देवान र महिला सदस्यमा पार्टी जिल्ला सदस्य दिलु सुब्बा निर्वाचित भएका थिए ।कार्यक्रममा पार्टीका कोशी प्रदेश समिति सदस्य भुमिराज राई, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महासमिति सदस्य सुरेश सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीका नगर उपसभापति युवराज खनालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन नगर सचिव रामचन्द्र अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.