दमक,३० बैशाख । दमक बहुमुखी क्याम्पसले अवदेखि सवै कक्षामा आधुनिक प्रविधिमार्फत शिक्षण कार्यको शुरुवात गरेको छ ।विज्ञान र स्नातकमाथिका कक्षामा मात्र मल्टिमिडियामार्फत पठनपाठन गराउदैआएको यस क्याम्पसले अव भने आफना सबै कक्षामा स्मार्ट टिभीबाट अध्यापन थालेको हो ।
आईतवार विएड पहिलो वर्षमा अध्ययनरत कक्षमा विशेष कार्यक्रम गरि स्मार्ट टिभीबाट पढाई हुने शिक्षण सिकाईको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।उक्त शिक्षण सिकाई कार्यको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले शुभारम्भ गरे ।
सो अवसरमा अध्यक्ष भण्डारी,क्याम्पस प्रमुख यज्ञराज गिरी, विविए शंकायका संयोजक रामचन्द्र अधिकारी लगायतले शिक्षण सिकाईलाई प्रविधियुक्त बनाउन यस किसिमको कार्यक्रम प्रभावकारी हुने औल्याएका थिए । प्रारिम्भक चरणमा यस किसिमको पढाई क्याम्पसका २० वटा कक्षमा सञ्चालन हुने क्याम्पस प्रमुख गिरीले बताएका छन् ।