दमक,३० बैशाख । झापा, दमक -२ का गोपाल तामाङ्गले ब्रेन ट्यूमर रोगी कृतिषा तामाङ्गको जीवन बचाई दिन अनुरोध गरेका छन् ।विगत १० वर्षदेखि ट्यूमरबाट उपचार गरिआएका १६ बर्षिया छोरी कृतिषाको उपचारका क्रममा आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरेका हुन् । उनी दमकको मेची आवासीय मावि कक्षा १० मा अध्ययनरत छिन् ।
विरामीका बुबा गोपालका अनुसार छोरीको ट्यूमरको उपचारमा तीन पटक शल्यक्रिया गर्दा हालसम्म २५ लाख बढी खर्च भईसकेको छ । त्यतिका रकम हारगुहार गरेर बन्दोबस्ती गरेपनि थप उपचारका लागि आफूहरुसंग रकम नभएकाले मनकारीहरुसंग सहयोगको याचना गरिआएको उनले बताए । छोरीको २०७५ मा पहिलोपटक भारतको सिलगुढीमा त्यसको १६ महिना पछि काठमाडौस्थित विर अस्पतालमा दोश्रो पटक शल्यक्रिया गरिएको बुबा गोपालले सुनाए । त्यसपछि गत चैत ८ गते पुनः तेश्रो पटक सोहि अस्पतालमा शल्यक्रिया गर्नुपरेको उनको भनाई छ । शल्यक्रिया पछि हाल दमक ५ स्थित भाडाको घरमा बस्दैआएका उनले काठमाण्डौमा उपचार वापत लागेको खर्च र अव औषधी खानको जोहो गर्न सहयोग जुटाउदैआएको उनले बताएका छन् ।
विरामीका बुबा गोपाल दमक ५ स्थित गुम्बा चौंकमा परिवारिक गुजाराका लागि फ्रेस हाउस सञ्चालन गदैंआएका छन् । फ्रेस हाउसको आम्दानीले परिवार चलाउन नै धौ धौ हुने भएपनि विरामीको उपचार गर्न झनै समस्या व्यहोर्नु परेको गुनासो तामाङ्ग परिवारको छ ।
यसवीचमा विरामीको उपचारका लागि आफू पढ्दैआएको विद्यालयले पहिलोपटक ५२ हजार र हालैमात्र थप २६ हजार रुपैया सहयोग पुरयाँएको बुबा गोपालले बताए ।
विरामीको उपचारमा कसैले सहयोग पुरयाँउने भए गोपाल तामाङ्गको नेपाल बैकको बचत खाता १९६०१००७४६७३३४०००००१ मा तथा ९७०७१५४५२५ मा सम्पर्क गर्न समेत सकिने उल्लेख छ ।