दमक ८ का ज्येष्ठ आमाहरुलाई सम्मान

दमक,२९ बैशाख । दमक -८ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा शाखाले मातातिर्थ ओैशीको अवसर पारेर शनिवार ८० वर्ष भन्दा माथिका ज्येष्ठ माताहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको छ ।
कार्यक्रममा १०३ वर्षकि आमा राममाया खतिवडासहित विकमाया दंगाल,कृष्णमाया ढकाल,पवित्रादेवी मैनाली ,कौशिला निरौला,राधिका मिश्र, शिवमाया ओली, पवित्रा भण्डारी, तुलसादेवी भट्टराई र द्रौपदा नेपाललाई सम्मानित गरिएको हो। सम्मानित हुने आमाहरुलाई प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका वडा नं ८ का अध्यक्ष धर्मप्रसाद दाहाल, वडा सदस्य हरिमाया चुडाल ,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दहाल,सल्लाहकार सहसंयोजक डोयना दाहाल ,वडा शाखा अध्यक्ष ओमप्रसाद खनालले सम्मान पत्र , दोसल्ला , माला ,टीका लगाएर सम्मान गरेका थिए । सोहि अवसरमा आमा डेन्टलको तर्फबाट अर्जुनकुमार श्रेष्ठले आमाहरुलाई फलफूल बितरण गरेका थिए भने आजीवन सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले आमाहरुलाई रु ५०० का दरले यातायात खर्च उपलब्ध गराएका थिए । साथै कार्यक्रममा आजीवन सदस्यहरुको प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक( ८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तारानाथ भट्टराईले गरेका थिए।

Leave a Reply

Your email address will not be published.