दमक,२२ मंसिर । झापाको दमक -१० मा रहेको इन्द्रेणी तालको प्रवद्र्धनमा टेवा पुरयाँउन उद्देश्यले इन्द्रेणी कप फूटबल प्रतियोगिता हुने भएको छ । इन्द्रेणी यूवा क्लवले शुक्रवार ताल परिषरमा पत्रकार सम्मेलन गरि फूटबल प्रतियोगिताका बारेमा जानकारी दिएको क्लवका अध्यक्ष सुवास सुवेदीले बताए ।
दमक वडा नं १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको उपस्थितिमा यहि मंसिर २७ गते देखी ३ गतेसम्म नकआउट फूटवल प्रतियोगिताको आयोजना गर्न लागिएको उनले जनाए ।
१२ टिम सहभागि हुने सो प्रतियोगिताका बिजेताले नगद ५० हजार मेडल, टफ्री र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार मेडल, टफ्री र प्रमाणपत्र पाउने छन् । खेल स्थानीय। सेतुमारी खेल मैदानमा हुने छ प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले एक लाख, वडा नम्बर १० कार्यालयले ५० हजार सहयोग गर्ने बताइएको छ । यस्तै,प्रतियोगिताको प्रथम पुरस्कार वापतको ५० हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले उपलब्ध गराएका छन् ।
भने दोस्रो पुरस्कार पुरुषोत्तम भट्टराईले रु ३० हजार उपलब्ध गराएका छन् । अनुशासित टीमको पुरस्कारका लागि १५ हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रञ्जन राईले उपलब्ध गराउने बताइएको छ । ट्रफी, मेडल तथा अन्य सामाग्री काठमाडौंमा पि क्युब जर्सी पसल सन्चालन गर्दै आएका इन्द्रेणी युवा क्लबका सदस्य प्रेम बस्नेतले सौजन्य गरेका छन् ।
यसैगरि, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्स, अधिक गोलकर्ता र प्लेयर अफ दी म्याचलाई ट्रफी प्रदान गरिने छ । पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार रञ्जन राई , क्लबका उपाध्यक्ष उमेश कुलुङ राई, स्थानीय युवा बुद्धिजीवि हरिकृष्ण पौडेल, बिनोद ढकाल, पदमप्रसाद न्यौपाने लगायतको उपस्थिती थियो ।