आयुर्वेद अस्पताल लखनपुरमा निशुल्क विशेषज्ञ शिविर हुदै

दमक ,२२ मंसिर । झापाको कमल गाउँपालिका- ६ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा यहि मंसिर २५ र २६ मा वृहत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ ।अस्पतालमा हुने सो शिविरमा स्वास्थ्य परीक्षणसहित सवै किसिमको सेवा निशुल्क हुने अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताए ।
अस्पतालले आज आफनै सभाहलमा पत्रकार सम्मेलन गरि शिविरको तयारीका बारेमा जानकारी दिएको हो ।
डा. ठाकुरका अनुसार स्थापना पछि पहिलोपटक हुन लागेको शिविरमा स्वास्थ्य परीक्षण, प्रयोगशाला,पञ्चकर्म,अल्टासाउण्ड,इसीजी, फिजियोथेरापी ,छारसुत्र सेवा तथा औषधी समेत निशुल्क उपलव्ध हुने छन् ।
२०७९ साल भदौ १६ गते सेवा सञ्चालनमा आएको प्रादेशिक स्तरको यस अस्पतालले हालमा भने दैनिक ओपीडि सेवा पुरयाँउदै आएको छ । अव यसलाई स्तरवृद्धि गरि चाडै नै २४ सै घण्टा सेवा विस्तार गर्न पहल भईरहेको उनले बताएका छन् ।
संघीय सरकारको करिव २५ करोडको लागतमा निर्माण भएको सुविधासम्पन्न पूर्वाधार भएपनि जनशक्ति अभावका कारण नियमित सेवा पुरयाउँन कठिनाई भईरहेको डा. ठाकुरको भनाई छ । ५० शैयाको यस अस्पतालमा अहिले दैनिक ८० जना विरामी आयुर्वेद सेवा लिन आईरहेको अस्पतालका कविराज वेदप्रसाद शर्माले बताए ।

Leave a Reply

Your email address will not be published.