दमक,२४ असोज । झापाको कमल गाउँपालिका केर्खास्थित रतुवा माई वृक्षारोपण आयोजनाका कर्मचारीहरुले एक बर्षदेखि तलव पाएका छ्रैनन् । बन तथा वातावरण मन्त्रालयको वन पैदावर विकास समिति मातहतको सो आयोजनाका प्रमुखसहित विभिन्न पदका ४७ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छ्रैनन् ।
पटक पटक आफनो तलव माग गरिआउदाँ समेत समितिले चासो नदिदाँ आफूहरु एकबर्ष देखि तलव सुविधा नपाउदाँ पारिवारिक गुजारामा समस्या आएको आयोजनाका निमित्त प्रमुख भक्तिप्रसाद गौतमले बताए । उनका अनुसार कर्मचारीको तलवका बारे समितिमा कुरा पुरयाँएपनि अझैसम्म पूरा हुन सकेको छैन् । समयमै तलव पाउन नसक्दा आयोजनामा कामगरिआएका दैनिक ज्यालादारीका कर्मचारीहरुलाई भने निकै सकस भएको उनको बुझाई छ । वन पैदावर विकास समिति अन्तर्गत योसहित सर्लाहीको सागरनाथ बन विकास परियोजना रहेका छन् ।
आफूहरुले पाउदै आएको तलव नपाउदाँ भाडामा बस्दैआएका कर्मचारी बढी मर्कामा परेको आयोजनाका कम्प्यूटर प्राविधिक कर्मचारी उपेन्द्र साहले बताए । आयोजनाको क्वार्टरमा बस्दैआएका साहले समयमै तलव नपाउदाँ आफू मात्र नभएर परिवार चलाउन समस्या बन्दैगएको उनको गुनासो छ । उनले भने, –‘तलव नपाउदाँ आयोजनाका हामीजस्ता तल्लो तहका कर्मचारीहरु बढी मर्कामा छौ । अव राज्यले हेर्नुपर्छ’
आयोजना पछिल्ला समय निमित्तको भरमा सञ्चालन हुदैआएको छ । कुल २ हजार ७५३.७६ हेक्टरमा फैलिएको आयोजना पूर्वमा कन्काई माई, पश्चिममा रतुवा खोला, दक्षिणमा राजमार्ग र उत्तरमा इलाम जिल्लाको चुलाचुलीसम्म फैलिएको छ ।