कमल,३ असोज । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिका वार्ड न. ५ सिम्लेका तीन जना स्थानीयको घरमा क्षति पुरयाँउनु साथै अन्नपात खाएको छ ।मंगलवार राति ८,९ वटा संख्यामा आएको जंगली हात्तीले स्थानीय आसबहादुर लिम्बूको भान्सा घरसहित त्यहाँका तीन वटा कच्ची घरमा आक्रमण गरि अन्नपात समेत खाएर क्षति पुरयाँएको हो ।हात्तीले लिम्बूको भान्सा घर पूर्ण क्षति पुरयाँउनुका साथैं खाद्यान्न र सिमल तरुल समेत नष्ट भएको वडाअध्यक्ष एलवी विष्टले बताए ।
हात्तीले सिम्लेकै स्थानीय बुद्धिसरा राई र बिर बहादुर चेम्जोङ्गको सिमल तरुल र धान बाली नष्ट गरेको वडाअध्यक्ष विष्टले जनाएका छन् ।
यसैवीच , गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई बुधबार विहान हात्तीको उपद्रोबाट क्षति पुगेको सिम्ले पुगेर स्थानीयहरुसंग त्यसबारे जानकारी लिएका छन् । हात्तीबाट क्षति पुगेका स्थानीयलाई राहत पुरयाँउन पालिकाले सहयोग पुरयाँउने विश्वास दिलाए ।त्यसक्रममा उनले हात्तीको उपद्रोबाट सावधानी अपनाउन समेत स्थानीयलाई अनुरोध गरे ।