दमक,२ असोज । झापाको गौरादह १ गेउरियास्थित म्यारोन एग्रो रिसोर्ट होटल एण्ड लज नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।केहि बर्षदेखि सञ्चालित सो होटल थप नयाँ व्यवस्थापनका साथ सोमबारदेखि विधिवत सञ्चालनमा ल्याईएको सञ्चालक सुरज काफ्लेले बताए ।
विश्वकर्मा पूजाका अवसर पारेर म्यारोन होटलले नजिकिएको चाडपर्व भरि खाद्य परिकार तथा पेयपदार्थमा आर्कषक छुटको समेत व्यवस्था गरिएको उनले सुनाए । उद्घाटनमा राष्ट्रिय कलाकार समेत रहेकी झापाली चेली बेनिसा पौडेलसहित गायक अमित थापा मगरले आफनो सुमधुर सांगीतिक प्रस्तुति दिएका थिए ।
प्रस्तुतिका क्रममा सहभागि दर्शक तथा रमाइलो गर्न आएका सर्वसाधारणहरुले नाची नाची मनोरञ्जन लिएका सञ्चालक प्रदीप वस्नेतले बताए ।