दमक,१३ भदौ । दशैतिहार, छैठ पर्व नजिकिएसंगै अवदेखि दमक वजार खुला रहने भएको छ । प्रत्येक हप्ताको शुक्रबारका दिन दमक वजार पूर्ण रुपमा बन्द हुदैआएकोमा सर्वसाधारणका सुविधालाई ध्यानमा राख्दै भाद्र १५ गते शुक्रबारदेखि आउँदो छठ पर्वसम्म प्रत्येक शुक्रबार समेत दमक वजार खुल्ला रहने दमक उद्योग वाणिज्य संघले जनाएको छ । संघले आज सार्वजनिक सूचना निकालेर दमकका सम्पूर्ण पसल, व्यवसायहरु नेपालीहरुका ठुला चाडपर्वहरु नजिकिदै गरेकाले वजार ,पसल खुला गर्न सूचित गरिएको संघका अध्यक्ष गोपाल गुरागाईले बताए ।
उनले चाडपर्वलाई ध्यान दिदै उपभोक्ता तथा उद्यमी व्यवसायीहरुलाई उक्त समयसम्म आफ्नो व्यवसाय खुल्ला राखी व्यवसाय सञ्चालन गरि सहयोग पुरयाँई दिन आग्रह समेत गरे ।