मोटर चलाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मोरङ,८ भदौं । मोरङको बूढीगंगा गाउँपालिका–४ गोकुल उराउ टोलकी ४० वर्षीया मुना कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । घर नजिकै पानी तान्ने ट्युबेलमा जडान गरिएको मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गएराति करेन्ट लागेर गम्भीर घाइते भएकी कार्कीलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.