भोलिदेखि ताप्लेजुङ गोल्डकप शुरु

ताप्लेजुङ,१३ भदौ । भोलिदेखि शुरु हुने ‘ताप्लेजुङ गोल्डकप २०८०’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।आयोजक मानाभरा युथ स्पोर्टिङ क्लवले यहाँ पत्रकार सम्मेलन गरि गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
भाद्र १४ गतेदेखि २० गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित , फिदिम स्पोर्टिङ क्लब पाँचथर, जुट बिकास फुटबल एकेडमी इटहरी, पथ्री –११ , रेडहर्स फुटबल क्लव इलाम , गोर्खा स्पोर्टिङ क्लब दमक , रेड स्टार फुटबल क्लब झापा र भारतको युनाइटेड कुर्सेङ फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले बताए ।
उद्घाटन खेलमा आयोजक र जुट बिकास फुटबल एकेडमी इटहरी भिड्दै छन् । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्।
प्रत्येक दिनको उत्कृष्ट खेलाडीले नगदसहित प्राप्त गर्ने लाखेजात्रा समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए । त्यस्तै, प्रतियोगिता अवधिभरको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ताले समेत नगद प्राप्त गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.