दमक,२४ बैशाख ।भट्टराई कुलवंश प्रतिष्ठानको आयोजनामा आजदेखि श्रीमद भागवत महापुराणको पूर्व सन्ध्यामा आज कलश यात्रा निकालिएको छ । दमक- ४ कृष्णमन्दिर दक्षिण बशिष्ठ आश्रममा रहेको प्रतिष्ठान परिषरमा भोलिबाट शुरु हुने महापुराणको पूर्वसन्ध्यामा निकालिएको कलशयात्रा दमक चौंक ,वजार परिक्रमा गरिएको थियो ।
कलशयात्रा अघि प्रतिष्ठान परिसरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष शेरबहादुर भट्टराईले प्रतिष्ठानलाई एउटा धार्मिकस्थल बनाउने उद्देश्य अनुसार पुराणको आयोजना गरिएको बताए । भागत मञ्जरी राधिका दाशीको मुखारबिन्दबाट हुने महापुराणबाट उठेको रकमले प्रतिष्ठानसंगै रहेको बेतनी खोलालाई बेत्रावती गंगा नामांकरण गरि पितृमोक्ष धाम निर्माण गरिने उनले बताए । उनले समस्त गोत्रीहरुको पितृहरुको उद्धारका लागी पित्रिमोक्षधाम निर्माणको योजना रहेको सुनाए ।
पुराण ब्यवस्थापन समितिका संयोजक सुर्यप्रसाद भट्टराईले पुराणको सम्पूर्ण कार्य तयारी पूरा भएको बताए । पुराणलाई भब्य बनाउन बिभिन्न उपसमितिहरु गठन गरी काम गरिएको भन्दै उनले भोलिबाट दैनिक कथा वाचन आगामी ३० गते सम्म सञ्चालन हुने जानकारी दिए । पुराणको अवसर पारेर सामूहिक ब्रतबन्धको कार्यक्रम समेत राखिएको छ ।
त्यस्र्तै, महापुराणको अवसरमा सवा करोड बत्ति समेत प्रज्ज्वलन गरिने प्रतिष्ठान झापा जिल्ला उपाध्यक्ष शकुन्तला भट्टराईले जानकारी दिईन् ।