अमृताको ‘चैतु काका’ कृति लोकार्पण

मेचीनगर ,२४ बैशाख । मेचीनगर–९ की अृमता पाठक चौलागाईंको पहिलो कृति ‘चैतु काका’ कथा संग्रहको शनिवार लोकार्पण गरिएको छ ।कृतिको लोकार्पण प्राज्ञसभा सदस्य विवश पोखरेल र लेखकका बुबा कपिलमुनि पाठक, आमा कमलादेवी पाठक, सासु अम्बिकादेवी चौलागाई र ससुरा कृष्णप्रसाद चौलागाईंले संयुक्त रुपमा गरेका हुन् ।
ईन्द्रेणी महिला साहित्यिक मञ्च मेचीनगरको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञसभा सदस्य विवश पोखरेल, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, साहित्यकार राम कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कथा संग्रहमा १६ वटा कथा समावेश गरिएको छ । पुस्तकको समीक्षा नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले गर्दै कृति सामाजिक यथार्थमा आधारित भएको उल्लेख गरे ।
इन्द्रेणी महिला साहित्यिक मञ्चकी कार्यवाहक अध्यक्ष लीना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खिलु खनाल रेग्मीले स्वागत मन्तव्य र मुना रानाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा कवि शिरोमणि माविकी कक्षा ११ की छात्रा उषा निरौलालाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा कृतिकार पाठकलाई आयोजक इन्द्रेणी साहित्यिक मञ्चका तर्फबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.