चुम्लुङ शिवसताक्षी- १ को आयव्यय सार्वजनिक

दमक,१५ फागुन । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी -१ न. वडा समितिले सांस्कृतिक कार्यक्रमसहित भाषा प्रशिक्षण कार्यक्रमको आय– व्यय शनिवार सार्वजनिक गरेको छ ।
शिवसताक्षी १ को वडा कार्यालयको आर्थिक सहयोगमा भएको २० दिने लिम्बू –याक्थुङ भाषा अनौपचारिक कक्षा र लोक सांस्कृतिक कार्यक्रम समेतको गरि कुल रू १ लाख अठ्सट्ठी हजार १ सय ३० रूपैयाँ बराबरको आय व्यय सार्वजनिक गरिएको थियो ।चुम्लुङ वडाअध्यक्ष शिव शेर्माले ती दुवै कार्यक्रमको आयव्यय विवरण प्रस्तुत गरेका थिए । जसमध्ये खर्च कटाई रू ३५ हजार १ सय १५ रूपैयाँ बचत रहेको पनि उल्लेख छ ।

अनौपचारिक भाषा प्रशिक्षणमा ३९ जना स्थानीय भाषा प्रेमीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा भाषा शिक्षक दिपेन्द्र सेलिङ र कक्षाकोठा निशुल्क उपलब्ध गराई सहयोग गर्ने सरिता चेम्जोङलाई सम्मान गरिएको थियो ।शिवसताक्षी १ का वडाअध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको प्रमुख आतिथ्यताम भएको उक्त कार्यक्रममा कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाक, स्थानीय समाजसेवी चन्द्रवीर नेम्बाङ्, स्थानीय युवा नेता दुर्गा नेम्बाङ्, सुनुवार सेवा समाज झापाका अध्यक्ष भिम सुनुवार लगायतको उपस्थिति रहेको चुम्लुङ वडा समितिका पूर्व सचिव दुर्गा चेम्जोङले बताए ।

Leave a Reply

Your email address will not be published.