दमक ,१० फागुन । दमक -५ गुम्बा चोकस्थित हरियाली होटलबाट तास खेलिरहेको अवस्थामा होटल संचालकसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।होटल सञ्चालक दमक २ बस्ने ५० वर्षीय सुरेश मगरसहितका युवाहरुले तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै, दमक -५ स्थित सुदेश बस्नेतको चिया पसलमा समेत तास खेलिरहेको अवस्थामा बस्नेतसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका अधिकांस स्थानीय राजनीति दलका अगुवाहरु भएपनि प्रहरीले कसैको नाम खुलाएको छैन् । पक्राउ परेका सवैलाई साँझनै अव उप्रान्त नखेल्ने सर्तमा छाडेको बुझिएको छ ।