आश्रमलाई सांसद मैयाको सहयोग

पाँचथर ,२९ माघ । प्रदेश -१ की सांसद मैया श्रेष्ठ लावतीले राज्यबाट प्राप्त पहिलो महिनाको सुविधाले शनिबार पाँचथरको फिदिम- २ स्थित ज्येष्ठ नागरिक आश्रमकालाई खाद्यान्न एवं कपडा उपलब्ध गराएकी छन् । उनले आश्रित १८ ज्येष्ठ नागरिकका लागि ५ क्विन्टल चामल, नुन, तेल र मसलासँगै स्विटर, ट्राउजर र ट्र्याक सुट जस्ता वस्तु किनेर दिएकी छन् ।
आश्रममा श्रेष्ठले आश्रितहरूसँगै आश्रम सञ्चालक राधिका थापालाई सामग्री हस्तान्तरण गरेकी थिइन् । सांसद भएपछि राज्यबाट प्राप्त पहिलो महिनाको सुविधा परोपकारी काममा लगानी गर्ने मनसायले आश्रमलाई सहयोग गरेको उनले बताइन् । सांसद श्रेष्ठ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली काग्रेसबाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्यमा चुनिएकी हुन् ।

Leave a Reply

Your email address will not be published.