३२ दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार

धनगढी, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत प्राप्त हुन सकेन। प्रदेश सभा बैठकमा उनले पेस गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसरी दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। कानुन अनुसार प्राप्त समयसीमाको आज अन्तिम दिन रहेको थियो।
मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अब संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने बाटो खुला भएको छ।

अर्को मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् ।उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.