दमक,३ माघ । राष्ट्रिय सेवा दल (एनसिसि ) को ४८ औं व्याच जुनियर डिभिजनमा दमक -८ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कूल(जेम्स )ले विभिन्न विद्यामा उपलव्धि हासिल गरेको छ ।
एनसिसिको जुनियर डिभिजन ४८ औं व्याचको १६ दिने प्रतिस्पर्धात्मक तालिममा विभिन्न विद्यामा उपलव्धिहरु हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ ।प्रतिष्पर्धात्मक तालिम गत पुस ७ देखि २२ गतेसम्म मोरङको याङशिलास्थित एनसिसि पूर्र्वी तालिम प्रशिक्षण केन्द्रमा सम्पन्न भएको थियो ।
प्रदेश नं १ र २ अन्तरगत ११ जिल्ला भित्रका १५ ओटा विद्यालयका ५४० विद्यार्थीहरू सहभागि भएको सो तालिममा ड्रिल, खुकुरी ड्रिल,तेक्वाण्डो , एरोभिक नृत्य , छात्र भलिवल , फुटवल, छात्रा भलिवल , छात्रा १६०० मिटरको सामूहिक दौड वक्तृत्वकला ,नृत्य मोडल ब्रिफिङ , हाजिरीजवाफ र पासिङ आउट परेड गरी जम्मा १३ विधामा प्रतिस्पर्धा गराईएको थियो ।
जेम्सका प्रिन्सीपल सागर श्रेष्ठका अनुसार सहभागि विद्यार्थीहरूलाई विपत व्यवस्थापन, सामान्य नागरिकमा ट्राफिक नियमको जानकारी ,प्राथमिक उपचार , लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतना , साईवर क्राइम सम्बन्धी चेतना , समय व्यवस्थापनको ज्ञान , लैङ्गिक भेदभाव बिरूद्धको ज्ञान, म्याप रिडिङ व्यक्तिको व्यक्तित्व विकास ,राष्ट्रियताको भावनाको विकास आदि सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो ।
प्रतिष्पर्धा मध्ये जेम्सका विद्यार्थीले वक्तृत्वकला तथा मोडल व्रिफिङ प्रतियोगितामा क्रमशःप्रथम र तृतीय ,छात्रा भलिवलमा तृतीय , नृत्यमा तृतीय तथा छात्रा १६०० मिटर सामूहिक दौडमा चौथो स्थान प्राप्त गरी उत्कृष्ट मध्येको एक बन्न सफल भएको प्रिन्सीपल श्रेष्ठले बताए ।