-प्रगतिशील समूहद्धारा उम्मेदवारी घोषणा
दमक,३ माघ । दमक उद्योग बाणिज्य संघको यहि माघ ६ मा हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक व्यवसायीहरुको समूहलाई विजयी गराउन उद्देश्यले विभिन्न समितिहरु गठन गरिएको छ ।निर्वाचनलाई परिणाममुखी बनाउन दमकका सबै लोकतान्त्रिक व्यवसायीहरुको प्यानलबाट अध्यक्षका उम्मेदवार देवीप्रसाद गुरागाइँ (गोपाल )नेतृत्वको उम्मेदवारहरुलाई बिजय गराउन बिभिन्न समिति र उपसमितिहरु गठन गरिएको हो ।
सोमबार दमकमा लोकतान्त्रिक व्यवसायीहरुको बैठकले लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा ( किरण ) को संयोजकत्वमा संयुक्त निर्वाचन निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
नेपाली कांग्रेसले नेतृत्वमा राप्रपा, नेकपा एस, जसपा र स्वतन्त्र व्यवसायीहरु समेतको समर्थन रहेको सो प्यानलबाट देबीप्रसाद (गोपाल) गुरागाईलाई संघको अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै व्यवसायीहरु चुनावमा होमिएका छन्।
गठित निर्वाचन परिचालन समितिको सहसंयोजकहरुमा कुमार निरौला, महेन्द्र चाम्लिङ राई, महेश घिमिरे र रुप नारायण न्यौपाने छन् । समितिको महासचिवमा युवराज खनाल, सचिवमा दिपेश दाहाल र सदस्यहरुमा मनोज अग्रवाल, तारा प्रसाद अधिकारी र सुरज लिम्बू छन् ।
त्यस्तैं, दमकका पुराना राजनीति अगुवा सुरेश सुब्बाको संयोजकत्वमा अनुगमन तथा निर्देशन समिति गठन भएको छ । त्यस्तै कांग्रेस दमक नगर सभापति तथा दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईको संयोजकत्वमा उम्मेदवार परिचालन तथा समन्वय समिति गठन भएको छ । समितिमा बिजय बराल, गोकुल श्रेष्ठ, रमा लिम्बू, दिनेश अग्रवाल, तारा अधिकारी र नविन अग्रवाल छन् ।
त्यस्तै अरुण अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । समितिका सदस्यहरुमा उमाकान्त आचार्य, कुमार निरौला, गंगा प्रसाद दुलाल, श्याम तिम्सिना, तुलसी दाहाल र शशि पौडेल छन् । पर्शुराम रिजाल संयोजक रहेको निर्वाचन व्यवस्थापन समिति गठन भएको छ । समितिका सदस्यहरमा प्रेम भट्टराई, श्याम आचार्य, मोहन थापा, युवराज घिमिरे र धिरेन्द्र सम्बाहाम्फे छन् ।
यता, निर्वाचनमा उम्मेदवारहरु लगायत एजेण्डाहरुको बारेमा प्रचारप्रसार सम्बन्धी मिडिया डेक्स समेत गठन गरिएको छ । प्रेस युनियन झापाका कार्यवहाक अध्यक्ष पत्रकार गिरीराज भट्टराईको संयोजकतत्वमा सो समिति गठन गरिएको निर्वाचन परिचालन समितिका सचिव दिपेश दाहालले जानकारी दिए ।
प्रगतिशील समूहद्धारा उम्मेदवारी घोषणा
दमक उद्योग वाणिज्य संघको माघ ६ गते हुने निर्वाचनमा एमाले निकट प्रगतिशील व्यवसायी समूहले पनि आफना प्यानलका उम्मेदवारहरु घोषणा गरेको छ ।
दमकमा एक औपचारिक कार्यक्रमा गरी बिमल खतिवडा नेतृत्वको प्यानलका उम्मेदवारहरु सार्वजनिक गरिएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट ब्यवसायी संगठनका तर्फबाट नेपाल उद्योग तथा ब्यवसायी महासंघका केन्द्रीय सदस्य गणेश बस्नेतले वाणिज्य संघको निर्वाचनको अध्यक्षका उम्मेदवार खतिवडा नेतृत्वको प्यानलको घोषणा गरे ।
सो प्यानलबाट वरिष्ठ उपाध्यक्ष राजन दंगाल (राजेन्द्र ), प्रथम उपाध्यक्ष भरत चौलागाई, द्धितिय उपाध्यक्षमा लक्की सिटौला (विन्दु) र तृतीय उपाध्यक्षमा असिम राई उम्मेदवारका रुपमा रहेका छन ।
यसैगरी, सदस्यहरुमा मोहन मगर (मिन), उमेश गजमेर, लोकनाथ सापकोटा, चिरन न्यौपाने , कविता अधिकारी र डम्वर बहादुर खड्का उम्मेद्धवार रहेका छन् । लेखा समिति संयोजकमा मुकुन्द्र आचार्यको उम्मेदवारी रहेको छ । घोषणा कार्यक्रममा पार्टी केन्द्रीय सदस्यद्धय रोमनाथ ओली, गीता अधिकारी, प्रदेश कमिटी सदस्य समेत रहेका निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरी, दमक उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष घनेन्द्र सुब्बा, संघकै पूर्व उद्योग सचिव शंकर बस्नेतले शुभकामना राखेका थिए ।
सो टिमको निर्वाचन परिचालन मूल समितिको नेतृत्व प्रकाश अधिकारीले गरेका जनाइएको छ । समितिमा याम जी श्रेष्ठ सहसंयोजक र सचिव सुयोग खरेल रहेका छन । कार्यक्रममा दमक उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष घनेन्द्र सुब्बा, संघकै पूर्व उद्योग सचिव शंकर बस्नेतले सो प्यानललाई समर्थनको प्रतिबद्धतासहित शुभकामना राखेका थिए ।