निर्माणाधिन फाल्गुनन्द सडक : थप ११ किलोमिटर विस्तार हुने

दमक,२४ पुस । दमक चिसापानी– रबि सडक ( फाल्गुनन्दमार्ग) थप ११ किलोमिटर विस्तार हुने भएको छ ।उक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार दमक २ को बेलडाँगीमा रहेको आर्यघाट छेउ रतुवा खोलाको किनारबाट दक्षिण दमक ७ तर्फ रेडक्रस कार्यालयसम्मको करिब ११ किलोमिटर सडक थप बिस्तारको काम हुने भएको छ ।
सडक निर्माणका लागि संघीय सरकारमार्फत सडक बिभागले वजेट बिनीयोजन गरि पहिलो चरणमा डिपीआरका लागि आव्हान समेत गरिसकेको अध्यक्ष पुरीले बताएका छन् ।
उक्त सडकलाई प्रदेश कै नमुना सडकको रुपमा बनाइने छ साथै सडक निर्माणसंगै दमकको पूर्वतर्फ रतुवा खोलाको नदि कटानको समस्यालाई पनि दीर्घकालीन ढंगले हल हुने समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.