बिकास मार्ग टोल बिकास संस्थाको अध्यक्षमा लावती

दमक,२३ पुस । दमक- ८ स्थित बिकासमार्ग टोलविकास संस्थाको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न संस्थाको सातौं साधारणसभाले धिरेन सुब्बाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा भत्तेश्वरी सापकोटा , सचिवमा मोहन मिश्र , सहसचिवमा फणीन्द्र भट्टराई , कोषाध्यक्षमा दिलकुमारी तुम्रोक लगायत रहेका छन् ।यसैगरि, सदस्यहरुमा तेजु खतिवडा , ऐतराज तामाङ , सरस्वती गौतम , कुलबहादुर कट्वाल , झरना लक्सम र भीष्मप्रताप भण्डारी रहेका छन्।
दमक- ८ का वडाध्यक्ष धर्म प्रसाद दहाल प्रमुख आतिथ्यतामा भएको साधारणसभामा आफ्नो आमाको नाममा अक्षयकोष खडा गर्ने दाता डाक्टर विमला बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.