रेडक्रस सचिवमा कोइराला,उपसचिवमा थापा निर्वाचित

दमक,२३ पुस । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको दुई पदाधिकारीसहित ७ जनाको सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।उपशाखाको अधिकाशं पदमा सर्वसम्म भएपनि सचिव, उपसचिव र महिलासहित ५ जना सदस्यको निर्वाचन भएको थियो । निर्वाचन अधिकारीको कार्यालयका अनुसार निर्वाचनबाट सचिवमा घनश्याम कोइराला र उपसचिवमा बबरजंग थापा (किरण ) निर्वाचित भएका छन् । कोइरालाले ३१४ मत र थापाले ४३८ मत प्राप्त गरे । सचिवका प्रतिद्धन्दी तिर्थराज बस्नेत (शंकर ) २५२ ले र उपसचिवका उम्मेदवार अनिल सुवेदी ( १२० ) ले मत पाएका थिए ।
यस्तै सदस्यहरुमा सुमनकुमार नेपाल ४६०, डा. सूर्यनारायण शाह ४४७, ध्रुवप्रसाद नेउपाने ४३९, पारसमणी आचार्य ३६३ मत सहित बिजयी भएका छन् । त्यस्तै, महिला सदस्यमा मैना दाहाल (३१८ ) मत ल्याई निर्वाचित भईन् । उनी प्रतिष्पर्धी दुर्गा चुडालले २४० मत ल्याईन् ।
यसैगरि, सदस्यका उम्मेदवार सर्वकुमार कार्की (१२१ ) र सुरेन्द्रकुमार श्रेष्ठले २७५ मत प्राप्त गरेका थिए । यसअघि सभापतिमा प्रकाश बुढाथोकी, उपसभापतिमा गोमा बुढाथोकी, कोषाध्यक्षमा सिता कार्की, उपकोषाध्यक्षमा प्रकाश बस्नेत सर्वसम्मत निर्वाचित भइसकेको निर्वाचन अधिकारी मित्रदेव काफ्लेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.