‘काम गर्नका मेरो उम्मेदवारी हो’ : सुवेदी

दमक,२२ पुस । अनिल सुवेदी, दमकमा सामाजिक तथा स्वास्थ्य क्षेत्रमा परिचित नाम हो । भोलि शनिबार हुने नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको निर्वाचनमा उनी उपसचिवका उम्मेद्वार हुन् । रेडक्रसमा सेवा पुरयाँउन आफूले उँम्मेदवारी दावी गरेको उनको भनाई छ । उनले रेडक्रस मानवीय सेवामा समर्पित संस्था भएकाले पनि आफूले उपसचिव भएर काम गर्न योग्य ठानेको दावी गरे ।
निम्स अस्पतालका सञ्चालक सदस्य समेत उनी फर्मासिस्ट(बिफर्मा ) सम्म अध्धयन गरेका उनले ल्याब टेक्निसियन समेत अध्ययन गरेका छन् ।उनी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था पूर्व सचिव, सल्लाहकार सदस्य, निर्णायक रिफरेन्स ल्याबका सञ्चालक, दमक सर्जिकल र शुभकिरण मेडिकोका सञ्चालक समेत हुन् । सुवेदी १५ वर्षदेखि दमक सर्जिकल सप्लायर्स र शुभकिरण मेडिको सञ्चालन गरिआएका छन् । युवा व्यक्तित्व सुवेदीले रेडक्रस अन्तर्गतको रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । सुवेदीले भने– ‘रंक्तसञ्चारलाई व्यवस्थित बनाउने मेरो लक्ष्य रहेको छ ’

सर्पदंश उपचार प्रभावकारी बनाउन मोटरसाइकल एम्बुलेन्स थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाउदै उनले भने,- ‘सर्पदंशका कारणले कसैले ज्यान गुमाउन नपरोस भनेर मोटरसाइकल एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउने अभियान चलाउने छौ ।’ रेडक्रसमा दलगत भावना भन्दा माथि उठेर काम गर्न सक्ने सक्षम उम्मेदवारलाई काम गर्नका लागि चुन्नु पर्ने अवसर आएको उनको बुझाई छ । रेडक्रसको इतिहासमा दमक देशकै जेठो उपशाखा भएको र यसको गरिमा सधै जेठो बनाउन आफूले सदैव लाग्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.