मोरङ ,२१ पुस । जबरजस्ती करणी अभियोगमा विराटनगरको एक निजी अस्पतालका सञ्चालक पक्राउ परेका छन्।आन्तरिक तथा आर्थिक किचलोबाट बन्द अवस्थामा पुगेको विराटनगरको अस्पताल चौकस्थित सञ्जिवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिका सञ्चालक ३३ वर्षीय दिवाकर यादवलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरी आइतबार अदालतमा पेश गरेको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोही अस्पतालमा कार्यरत २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो यादवले जबरजस्ती करणी र कुटपिट गरेको आरोप रहेको मोरङ प्रहरीले जनाएको छ।
सुरुमा नर्सले जाहेरी दिन नमाने पनि पारिवारिक दवावले भदौ अन्तिम साता प्रहरीसमक्ष बलात्कारको जाहेरी दिएकी थिइन्।पीडित नर्सले घटना भएको जाहेरीदिएबाट यादव फरार अवस्था रहेका थिए।
मोरङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले आइतबार सुनसरीको औरावनीका यादवलाई पक्राउ गरी अदालत पेश गरिएको जानकारी दिए।
प्रहरीका अनुसार विराटनगर -१० स्थित उमेश गिरीको घरमा बसोबास गर्दै आएकी ती नर्सको डेरामा बलात्कार भएको तथ्य खुल्न आएको छ।यता, सुरुमा ती दुवै जना९अस्पताल सञ्चालक यादव र नर्स ‘लिभिङ टुगेदर’मा रहँदै आएको खुलेको छ। घटना भएपछि यादव फरार रहेका थिए।
हाल पक्राउ परेका यादवलाई मोरङ जिल्ला अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।यसक्रममा यादव बिरामी भएको र उनलाई मोरङ सहकारी अस्प्तालमा राखेर उपचार भइरहेको समेत उनले बताए।
सञ्जीवनी अस्पतालमा आन्तरिक किचलोका कारण कार्तिक महिनादेखि बन्द अवस्थामा रहेको थियो।१२ जना सञ्चालक रहेका अस्पतालमा आर्थिक व्यवहारमा सञ्चालकहरूबीच मतभेद सुरु भएपछि यादवले ४ करोड रुपैयाँमा ७० प्रतिशत सेयर खरिद गरेका थिए।हाल अस्पतालले कार्यरत चिकित्सक स्वस्थ्यकर्मी तथा कर्मचारीहरूको करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।