चन्द्रदर्शन शाकोसको प्रतिवेदन सार्वजनिक

दमक,२० पुस । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफनो बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
बुधबार संस्थाको कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरि प्रतिवेदन सार्वजनिक गरिएको हो ।प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष शान्ताकुमार राई, पूर्व अध्यक्ष बालकृष्ण गौतम,सञ्चालक समितिका सहसचिव विनय श्रेष्ठ, सञ्चालक एकराज प्याकुरेल,लेखा समितिका संयोजक प्रेमप्रसाद दुलाल, गौरादह सेवा केन्द्रका संयोजक इन्दिरादेवी विष्ट लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । प्रतिवेदन पुस्तिका सार्वजनिकरण कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, सदस्य ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाको १२ औ साधारणसभा यहि पुस २४ गते स्थानीय रोडस्टार प्यालेसमा हुदै छ । ३ करोड ३२ लाख ५४ हजार ४ सय शेयर पूंजी रहेको संस्थाले गतवर्षसम्म ३० करोड ७८ लाख ५३ हजार ४सय २९ रुपैयाको कुल कारोवार गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गौरादहसहित केर्खामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published.