झापा,१९ पुष । अटोको ठक्करबाट झापामा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।सोमबार बेलुका ६.१५ बजे मेचीनगर नगरपालिका वडा नं २ त्रिमार्ग चोकस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ ह ७१५३ न.को अटोले पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षिय रविलाल दनुवारलाई ठक्कर दिएको थियो ।
दाहिने खुट्टा भाचिएको र टाउकोमा चोट लागेर घाईते भई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएकोमा त्यहाँ उपचार हुन नसकि बिएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेक गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि अटो र अटो चालक मेचीनगर -८ बस्ने ४० वर्षिय भुपाल बास्तोलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।