युवा निबन्धकार आङदेम्बेलाई‘इमानसिंह चेम्जोङ पुरस्कार’

दमक,१८ पुस । निबन्धकार निशेष आङदेम्बे ‘इमानसिंह चेम्जोङ पुरस्कार’बाट पुरस्कृत भएका छन् ।किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष पुरस्कार आङदेम्बेलाई प्रदान गरिएको हो ।
साहित्यकार इमानसिंह चेम्जोङको १२० औ जन्मजयन्तीको अवसरमा आइतवार काठमाडौमा आयोजित कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पुरस्कारको राशी २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । युवा निबन्धकार आङदेम्बेको लिम्बू भाषाको ‘थिक् निसेःन्’ (२०७७) निबन्ध संग्रहका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

चुम्लुङले लिम्बू भाषा साहित्य र किरात सिरिजङ्गा लिपिमा प्रकाशित कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । लिम्बू भाषा, साहित्य, मुन्धुम संकलक तथा प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङको योगदानलाई लिएर यो पुरस्कार चुम्लुङ्ले स्थापना गरेको हो ।

पुरस्कार वितरण गदैं प्रमुख अतिथि काइँलाले समुदायमा लिम्बू भाषा बोलीचाली र साहित्य लेखनमा धेरै अगाडि रहेको बताए । ‘उनले पुरस्कृत कृति हाम्रा इतिहास, मुन्धुम, संस्कृतिबारे जानकारी दिने महत्वपूर्ण लेखहरूको संग्रह हो,’ लिम्बू भाषाको अत्यन्तै महत्वपूर्ण किताब प्रकाशनमा आएको उल्लेख गर्दै काइँलाले भने, ‘हाम्रा शिक्षित युवाहरू अग्रसर हुनु नै यसको मूल कारण हो ।’

झन्डै दुई दशकदेखि लिम्बू भाषा, साहित्य र किरात सिरिजङ्गा लिपिका अभियानमा संलग्न निबन्धकार आङदेम्बेको यसअघि लिम्बू भाषाका दुई कृतिहरु ‘थाङ्बेन’ गजलसंग्रह (२०६२) र ‘हाङयुक्ना पाङयक्’ हास्यव्यंग्य संग्रह (२०६८) प्रकाशित छन् । आङ्देम्बे लिम्बू भाषाको टेलिभिजन कार्यक्रम ‘तुम्दङ्’ र ‘आनि साक्थिम’ कार्यक्रमका सञ्चालक समेत हुन् ।

Leave a Reply

Your email address will not be published.