दमक,१६ पुस । झापामा नेपाल रेडक्रस सोसाईटीका उपशाखाहरुको धमाधम नेतृत्व चयन भईरहेका छन् । १५ वटा पालिका रहेको जिल्लामा २६ वटा उपशाखा छन् ।
ती मध्ये अघिल्ला वर्ष ७ वटा र यसपटक १९ वटा उपशाखाको निर्वाचन कार्यक्रम अन्तिम चरणमा पुगेको नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले बताए । दमक र केचना उपशाखा बाहेक अन्य सवै उपशाखाको निर्वाचन कार्यक्रम सम्पन्न भईसकेका छन् । साता दिन भित्रमा बाँकी रहेका ती दुई उपशाखाले नेतृत्व पाउने छन् ।
उनका अनुसार देशकै सवैभन्दा जेठो उपशाखा दमक हो । दमक २०५० सालमा स्थापना भएको उपशाखा हो ।जिल्लाको माइपश्चिमका दमक बाहेक सवै उपशाखाको नेतृत्व चयन भईसकेका छन् । जसअन्तर्गत कमल उपशाखाको सभापतिमा पुनः चन्द्र साह, गौरादहमा भीमविजय बाँस्तोला,शिवसताक्षीमा गोविन्द काफ्ले,गौरीगञ्ज सभापतिमा यादव रिजाल, पाँचगाछी उपशाखाको सभापतिमा निता सिटौला चुनिएका छन् । दमकमा भने पुस १८ गते उम्मेदवारको मनोनयन हुने गरि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएका छन् ।
दुई वर्षे कार्यकाल रहने रेडक्रस उपशाखाले चालु महीनाको मसान्त भित्रमा उपशाखा सभा गरि नयाँ नेतृत्व चुन्नु पर्ने गरि रेडक्रस झापाले निर्वाचन कार्यक्रम तय गरिएको सभापति ढकालले बताएका छन् ।